झापाको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा एक युवतीको पेटभित्र रहेको करीब १० किलोको अण्डाशयको ट्युमरको सफल शल्यक्रिया गरिएको छ । मेचीनगर–१५ स्थित ज्यामिरगढीकी १८ वर्षीया ती युवतीको पेटभित्र रहेको ट्युमर बिनाचिरफार दूरबिन प्रविधिबाट निकालिएको हो । गत शुक्रबार ती युवतीको पेट एक्कासी दुख्न थालेपछि उनलाई ओमसाईमा भर्ना गरिएको थियो । उनको पेट असाधारण रूपमा सुन्निएकाले…