राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौँ । सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको दल दर्ताविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सम्बन्धित सामग्री

हेर्नैपर्ने आज दिनभरका मुख्य १२ खबर

काठमाडौं। सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी अध्यादेश र एकीकृत समाजवादीविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकारगरेको छ। राजा बन्ने लोभमा नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्न खोज्ने एकजना पक्राउ परेका छन्।आफुसँग चुनाव लडेर देखाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एमाले नेता रामबहादुर थापा बादलले चुनौति दिएका छन्। समाज कल्याण परिषद्का पदाधिकारीद्वारा पदबाट सामूहिक राजीनामा दिएका छन्। सुन प्रतितोला ६ सय रूपैयाँले घटेको छ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको मुद्दामा अन्तरिम आदेश भएन

राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार उक्त मुद्दाको सुनाुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर बजराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलामा पेशी तोकिएको थियो । संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ– दल विभाजन गर्न सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। अधिवक्ता प्रवेश केसीले अध्यादेश संविधान विपरित रहेको भन्दै रिट दर्ताका लागि पेश गरेका छन् । रिटमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी भएको अध्यादेश बदर गर्न अन्तरिम आदेश माग गरिएको छ। सर्वोच्च […]