सडक र अन्य पूर्वाधार मर्मतका लागि कागेश्वरी मनोहराले बनायो 'र्‍यापिड रेस्पोन्स टिम'

काठमाण्डाै – काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले सडक तथा अन्य पूर्वाधारको सानातिनो मर्मतको लागि शीघ्र प्रतिउत्तर टोली अर्थात् 'र्‍यापिड रेस्पोन्स टिम' गठन गरेको छ । वर्षा तथा अन्य कारणबाट हुन सक्ने सम्भाव्य जोखिम, भूक्षय लगायतलाई कम गर्न, जोखिम भएको ठाउँमा तत्काल आवश्यक सहयोग पुर्‍याउन र सडक तथा अन्य पूर्वाधारको तत्कालै सानोतिनो मर्मत गर्न नगरपालिकाले र्‍यापिड रेस्पोन्स टिम गठन गरेको हो । आफ्नो वडा, टोल बस्तीमा कुनै प्रकारको जोखिमको सम्भावना देखिएमा, भएमा वा तत्कालै मर्मत गर्नुपर्ने भए...