टोखाको चाकु अमेरिकासम्म निर्यात, ६ महिनासम्म खान मिल्ने

काठमाडौं । माघे संक्रान्ति नजिकिएसंगै काठमाडौंको टोखा नगरपालिका तल्लो लाक्षी डेको स्थित चाकु उद्योगहरुमा अहिले भ्याई नभ्याई छ । उद्योगहरुमा काक्तिकको दोस्रो साता देखिनै चाकु, तिलौरा, भुजाको लड्डु लगायतका मिठाई बनाउने चहलपहल हुन्छ । टोखाका चाकु उद्योगहरुमा बिहान चार बजेदेखिनै चाकु बनाउने काम सुरु हुन्छ । यस क्षेत्रमा करिब एक दर्जन चाकु उद्योग छन् । […]