असार ३१ मा पूजा–आकाशको ‘सम्झना–बिर्सना’

काठमाडौँ– स्थानीय निर्वाचनको कारण देखाउदै प्रदर्शन रोकिएको फिल्म ‘सम्झना–बिर्सना’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म ३१ असारमा देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ । निर्माता अद्वितीय प्रधानले ‘सम्झना–बिर्सना’ असार ३१ मा प्रदर्शन हुने जानकारी दिएका छन् । पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्मको निर्देशन निमेष प्रधानले गरेका हुन् । […]