एमालेको महाधिवेशनमा प्युठानदेखि बाजुरासम्मका कोट : एकै स्टलबाट तीन हजारसम्म बिक्री

सौराहा: शनिबार सौराहामा एमालेको बन्दसत्र चल्दै गर्दा सिन्धुलीका रेशम कार्कीले ज्वारीकोट हेरे। 'कति हो?' 'एक हजार हो। अल्लोको हो। धेरै राम्रो हुन्छ,' बिक्रेताले भने। दुई तीन पटक लगाए, फुकाले। त्यसपछि मोलमोलाई भयो। एक हजार रुपैयाँभन्दा भाउ घटेन। कार्कीले हजारको नोट निकालेर दिए। कोट लगाए। थुप्रैले नयाँ ज्वारीकोट लगाएको देखेपछि आफू…