काठमाडौँ । ट्राफिक प्रहरीले काठमाको थलीबाट चोरीका मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरी गरि लगीरहेको अबस्थामा बाग्मती प्रदेश ०२–०१५ प ६१७२ नम्बरको २२० सिसिको कालो निलो पल्सर सहित सिन्धुपाल्चोक पाँचपोखरी थामपालका बिजय धिताललाई कागेश्वरी मनहरा वडा नं ५ स्थित थलीबाट नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले दिए ।