चैत ८, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलवार १ लाख नाघेको छ ।
मंगलवार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । गत साता लगातार घटिरहेको सुनको मूल्य यो साता आइतवारदेखि नै बढिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् सोमवार सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यस्तै आइतवार सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी मंगलवार चाँदीको मूल्य पनि बढेको छ । यो दिन चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ । सोमवार चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरि, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य बढेको छ ।
मंगलवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९३६ दशमलव ६० डलर पुगेको छ । यस्तै, यो दिन अमेरिकी डलरको भाउ पनि बढेको छ । १ डलरको विक्रीदर १२२ दशमलव शून्य ९ रुपैयाँ कायम भएको छ । सोमवार भने १ डलरको विक्रीदर १२१ दशमलव ५८ रुपैयाँ रहेको थियो ।