राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशनबहादुर सिंह र प्रायोजक माई सेकेन्ड टिचरका सहप्रमुख सुलभ बुढाथोकीले सोमबार जर्सी सार्वजनिक गरेका हुन् ।