काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले तीजले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध थप सुमधुर बनाउने विश्वास व्यक्त गरेकी छिन्।तीजको अवसरमा देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीलाई शुभकामना दिँदै उनले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई सशक्त रूपमा अघि बढाउने बताएकी हुन्।राष्ट्रपति भण्डारीले नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गरेकी छिन्। उनलेतीज पर्वलाई महिला जागरणको स