काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिविहीन बनाएर स्थानीय तह कर्मचारीमार्फत चलाउने षड्यन्त्र भइरहेको बताएका छन् । सङ्खुवासभामा आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले कानुनअनुसार फागुनमा चुनाव हुनुपर्नेमा सरकारले कुनै तयारी नगरेको बताएका हुन् । ‘चरणबद्ध स्थानीय तहको चुनाव हुँदा पनि पहिलो चरणको चुनावलाई समय मानेर त्यसभन्दा दुई महिना अघि चुनाव हुनुपर्ने हो […]