देशका धेरै ठाउँमा तत्काल ठूलो पानी नपर्ने

काठमाण्डाै – देशका धेरै ठाउँमा तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मनसुनी वायु सामान्य अवस्थामा रहेकाले अबको दुई तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् मञ्जू बासीले बताउनुभयो । उहाँका अनुसार ठूलो पानी नपरे पनि देशका धेरै ठाउँको मौसम भने बद्ली हुने अनुमान छ । केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो । मनसुन थप सक्रिय नभए पनि बर्खाको समय भएकाले धेरै ठाउँमा हल्कादेखि मध्यमखालको पानी भने पर्न सक्ने मौसमविद्ले बताएका छन् । आज प्रदेश १, कर्णाली ...