सर्वोच्चमा मंसिर १५ गतेदेखि गोला प्रणाली लागू हुने, राजपत्रमा सूचना प्रकाशित

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रणाली लागू हुने गरी गरिएको सर्वोच्च अदालत नियमावली संशोधन नेपाल राजपत्रमा प्रकाशित गरिएको छ। सोमबार नेपाल राजपत्रमा प्रकाशित गरिए पछि अब आगामी मंसिर १५ गते देखि गोला प्रथा लागू हुने भएको हो। 'सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णय बमोजिम सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली,२०७८  संवत् २०७८ मंसिर १५ गते देखि प्रारम्भ हुने गरी तोकेकोले सूचना प्रकाशन गरिएको छ,' सोमबार प्रकाशित नेपाल राजपत्रमा उल्लेख छ। यस अघि प्रधानन्यायाधीशले नै आफ्नो तजबिजको आधारमा मुद्दाको...