सेयर लगानीमा एभरेष्ट बैंक राम्रो कि स्ट्यान्डर्ड चार्टर्ड ?
स्ट्यान्डर्ड र एभरेष्ट दुवै बैंकको वित्तीय स्थिति मजबुत छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भएका यिनै दुई बैंक हुन् । प्रतिसेयर आम्दानीमा एभरेष्टभन्दा स्ट्यान्डर्ड माथि देखिन्छ ।
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि मङ्सिर २४ गते ३७औं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लाब, भद्रकाली, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई पारित गर्नेछ । साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । यस वर्ष बैंकले कर समेत १९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश वितरणको प्रस्तावलाई पनि सभाले अन्तिम रुप दिनेछ ।
साथै बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गर्नेछ । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजका आधारमा मङ्सिर ६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन नियुक्त हुनुभएको छ ।यसअघि उहाँ स्ट्यान्डर्ड चार्टर्ड बैंक बंगलादेशमा सीसीआईबी विजनेस फाइनान्स टिमको भूमिकामा कार्यरत हुनुहुन्थ्यो ।मोहम्मको बंगलादेशका प्रमुख एमएनसी र स्थानीय बैंकहरूमा १५ वर्षभन्दा लामो अनुभव रहेको छ । त्यसैगरी उहाँ बजेटिङ र योजना विज्ञ पनि रहेको बैंकले जनाएको छ । […]
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच युनिलिभरका वितरकहरूलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरू उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ ।
यस कार्यक्रमको माध्यमबाट युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरूले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृति प्राप्त हुनुपर्ने) व्यापार वित्तीय समाधानहरुको लाभ लिन सक्ने जनाइएको छ ।
बैंकको आपूर्ति आबद्ध...
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले पहिलो पटक डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को व्यवस्था गरेको छ । बैंकले पहिलो पटक डीसीईओ पदको व्यवस्था गर्दै गोरख राणालाई त्यसको जिम्मेवारी दिएको हो । त्यसो त राणा यसअघि पनि प्रमुख कार्यकारी पछिको दोस्रो बरियतामा नै रहेका थिए । तर यस अघिसम्म बैंकले डेपुटी प्रमुख कार्यकारी अधिकृत नै भनेर कसैलाई पनि जिम्मेवारी दिएको थिएन । योसँगै स्ट्यान्डर्ड चार्टर्ड बैंकको इतिहासमो डीसीईओको जिम्मेवारी पाउने पहिलो व्यक्ति राणा नै बनेका छन् । राणासँग २७ वर्षभन्दा लामो
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सेयरधनीहरूका लागि १३.०३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ३.०६ प्रतिशत नगद लाभांशसहित १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक Standard Chartered Bank Nepal Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको लागि ३.०६ प्रतिशत नगद लाभांश गरि कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।
काठमाडौं (अस) । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नेपाल सरकारलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । बैंकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक थान भेन्टिलेटर, २० थान अक्सिजन कन्सन्ट्रेटर, १० हजार थान एन९५ सर्जिकल मास्क र २ हजार थान पञ्जा उपलब्ध गराएको हो ।
बैंकले कोरोना महामारीविरुद्धको लडाइँमा सरकारको राहत वितरणमा सघाउन पु¥याउन यो सहयोग गरेको हो । मेडिकल र स्वास्थ्य उपकरण बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले मन्त्रालयका मुख्य विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा महामारीविरुद्धको लडाइँमा समुदायलाई सघाउन नेपालप्रतिको आफ्नो प्रतिबद्धता निरन्तर जारी रहने सीईओ दास्तिदारले बताए ।
बैंकले यसअघि कोरोना संक्रमणको पहिलो लहरका बेला राहतस्वरूप विविध परियोजनालाई ५ करोड ७५ लाख रुपैयाँ योगदान दिएको थियो । कार्यक्रममा बैंकका वरिष्ठ अधिकारी पनि उपस्थित थिए ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच कनेक्ट आईपीएस र नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको हो ।जसअन्तर्गत यस परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तीय संस्थामा […]
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्ट आईपीएस र नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको हो ।जस अन्तर्गत यस परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तीय संस्थामा रहेको खाताबाट कनेक्ट आईपीएस मार्फत एससीबीएनएलमा रहेको खातामा अनलाइन फन्ड ट्रान्सफर गर्न सक्नेछन् । एससीबीएनए