काठमाण्डाै - कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले शुक्रवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न १० जनामध्ये ४ जनालाई रुपन्देही जिल्लाको बेलहिया सीमानाकाबाट वैशाख १ गते राति पक्राउ गरिएको जानकारी गराएको हो । यसरी पक्राउ पर्नेहरुमा जानकी गाउँपालिका वडा नम्बर ९ का १९ वर्षीय सुमिद साउद, बमबहादुर बोहोरा, दिलिप दास र मनोज भण्डारी रहेका छन्।
केही समय भारतको विभिन्न ठाउँमा फरार रहेका उनीहरुलाई क...