बाढी प्रभावित क्षेत्रहरुमा पशुहरुमा रोगको प्रकोप बढी देखिएको मटिहानी नगरपालिका–३ आवरमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरिएको छ । मटिहानी नगरपालिकाको मेयर हरि प्रसाद मण्डलको पहलमा बाढी प्रभावित मटिहानी नगरपालिको वडा नम्बर –३ आवरमा एक दिने नगरस्तरिय पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।