भृकुटीमण्डपमा आजबाट सुरु भयो जुत्ता प्रदर्शनी १७० स्टल, ४० विदेशी कम्पनी सहभागी

काठमाडौं। नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला आजबाट शुरू भएको छ। तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन्। जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरेका अनुसार प्रदर्शनीमा कुल १७० स्टल छन्। स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा ४० विदेशी कम्पनी रहेको छन्।