काठमाडौं : निर्वाचन परिणाम आएसँगै केन्द्रमा नयाँ सरकार बनाउने तयारी तीव्र रुपमा अघि बढेको छ। निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।
राष्ट्रपतिलाई आयोगले प्रतिवेदन बुझाएको ३५ दिनभित्र नयाँ सरकार गठन हुनुपर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ७६ (८) मा यससम्बन्धी प्रावधान…