जसपाले स्थानीय तहमा महिलालाई एक करोडसम्म ऋण दिने

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले स्थानीय तहको चुनाव जिते महिलाहरुलाई उद्यम गर्न १० वर्षका लागि एक करोडसम्मको ऋण दिने प्रतिवद्धता जनाएको छ ।  जसपाले तयार पारेको स्थानीय तहको चुनावी घोषणापत्रमा भनिएको छ, ‘महिलाहरुलाई उत्पादनमूलक तथा रोजगारीमूलक उद्यम गर्न चाहेमा १० वर्षका लागि एक करोडसम्म रुपैयाँ ऋण दिने र त्यसको ब्याज पाँच प्रतिशत मात्र गरिनेछ ।’महिला हिंसाको अन्त्यका लागि ‘फास्ट ट्रयाक महिला न्याय युनिट’ को व्यवस्था गर्नुको साथै कृषि, कुटिर तथा साना उद्योग र व्यवस