अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना स्वीकृत
विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनुलाई कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएकी छन्।