युक्रेन संकट घटाउनका लागि अनि कूटनीतिक उपाय अपनाउनका लागि जोड दिन बेलायतकी परराष्ट्रमन्त्री लिज ट्रुस मस्को पुग्दा रुसी समकक्षीको कडा सन्देश पाइन् ।
रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभलाई ट्रुसले युक्रेनमाथि रुसको आक्रमण भएमा गम्भीर परिणाम भोग्नुपर्ने र चर्को मूल्य पनि चुकाउनुपर्ने बताइन् । युक्रेनको स्वतन्त्रता र सार्वभौमसत्तालाई सम्मान गर्ने भनी अन्तर्राष्ट्रिय सम्झौतामा गरेको प्रतिबद्धता पालन गर्न उनले अनुरोध गरिन् ।
बैठकका क्रममा लाभरोभले रुसलाई पश्चिमी मुलुकहरूको उपदेश नचाहिएको बताए ।
उनले भने, ‘वैच...