अफगानिस्तानका भूकम्पपीडितलाई चीनको सहयोग

अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ । चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो । चिनियाँ अधिकारीहरूका अनुसार सहायता सामग्री सोमबार नै अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ । पहिलो खेपमा प्राप्त  सामग्रीमा त्रिपाल, लत्ताकपडा, खाद्यान्न तथा औषधि छन् । अफगानिस्तानका लागि चीनका राजदूत वाङ युले राहत सामग्री तालिबान सरकारका प्रकोप व्यवस्थापनसम्बन्धी कार्यबाहक मन्त्री गुलाम घवासलाई हस्तान्तरण गरेका हुन् । काबुल विमानस्थलमा नै एक कार्यक्र