काठमाण्डौको फोहर व्यवस्थापन गर्न प्रधानमन्त्रीले विशेष पहल लिनुपर्छ : सांसद थापा

काठमाण्डौ – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाण्डौ महानगरपालिकाको फोहरमुक्त सहर बनाउने अभियानलाई सक्रिय रूपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गर्नुभएको छ ।    प्रतिनिधि सभाको आज बुधवारको बैठकको शून्य समयमा बोल्दै उहाँले फोहर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन प्रधानमन्त्रीले नै विशेष पहल लिनुपर्ने खाँचो औँल्याउनुभयो । कांग्रेसका महामन्त्रीसमेत रहनुभएका सांसद थापाले भन्नुभयो, ‘काठमाण्डौको फोहर व्यवस्थापनमा सहरी विकास मन्त्रालय र काठमाण्डौ महानगरपालिकाले गरिरहेको काममा मद्दत गर्नु हामी सबैको...