मुगुका अधिकांश बस्तीमा दुम्सीलगायत अन्य वन्यजन्तुले अन्नबाली सखाप पार्न थालेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य छन् । सोरु गाउँपालिकाको लिब्रु, फोतु, सोड्डा, रावलबाडा, बागेलगायत बस्तीमा दुम्सीले बदाम, चिनो, कागुनो, फापर, कोदो, मास, सिमी, आलु, घैयालगायत बाली मास्न थालेपछि जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता भएको हो ।