१४ औं दक्षिण एशियाली खेलकुद (साग) २०२३ मार्चमा हुने भएको छ ।
दक्षिण एशियाली ओलम्पिक काउन्सिलको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठको सहभागिता थियो । उक्त बैठकमा भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स तथा भुटानका ओलम्पिक कमिटी अध्यक्ष तथा महासचिवहरूको उपस्थिति थियो ।