लागत नघटेको निष्कर्षसहित फ्रि भिसा र टिकट पुनरावलोकन गर्न राष्ट्र बैंकको सुझाव

काठमाडौं – नेपाल राष्ट्र बैंकले निःशुल्क भिसा र निःशुल्क टिकट पुनरावलोकन गर्न सरकारलाई सुझाव दिएको छ । निःशुल्क भिसा र टिकटको प्रावधानले कामदारको विदेश जाने लागतमा केही कमी ल्याएपनि अपेक्षाकृत लागत नघटेको निष्कर्ष सहित बैंकले यस्तो सुझाव दिएको हो ।  निःशुल्क भिसा तथा टिकटको प्रावधानको वैदेशिक रोजगारीमा प्रभ...

सम्बन्धित सामग्री

श्रमिकको आर्थिक शोषणमा मन्त्री, ‘फ्रि भिसा, फ्रि टिकट’ हटाउने प्रपञ्च

मन्त्री भण्डारीले विभिन्न सीपयुक्त जनशक्तिलाई विदेश जानुअघि अंग्रेजी भाषाको कक्षा लिएर परीक्षा दिनुपर्ने अर्को निर्णय थोपर्न खोजेका छन् । इलेक्ट्रिसियन, प्लम्बर, सेक्युरिटी गार्ड, चालक, सिकर्मी, डकर्मी, केयर गिभर जस्ता काममा जानेहरूलाई अंग्रेजी अनिवार्य गर्ने मन्त्रालयको तयारी छ ।

दुई प्रतिशतलाई मात्र फ्रि भिसा फ्रि टिकट सुविधा

सरकारले वैदेशिक रोजगारीमा जानेका लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरे पनि यो सुविधा पाउने अत्यन्त न्यून रहेको देखिएको छ । नेपाल ट्रेड युनियन महासंघ र अन्तर्राष्ट्रिय ट्रेड युनियनले संयुक्त रुपमा गरेको अध्ययनले वैदेशिक रोजगारीमा जाने कुल संख्यामध्ये दुई प्रतिशतले मात्र फ्रि भिसा फ्रि टिकटको सुविधा पाएको देखाएको हो । वैदेशिक रोजगारीका लागि विदेश जाने […]

चुनावी नारा बनेको ‘फ्रि भिसा–फ्रि टिकट’का नाममा वार्षिक ९ अर्ब ठगी

फ्रि भिसा र टिकट लागू भएयता करिब ३० लाख युवायुवती रोजगारीका लागि विदेशिएको विभागको तथ्यांक छ ।

फ्रि भिसा र टिकट : कार्यान्वयन नहुँदै उल्ट्याउन तयारी

२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले बिहीबार धनगढीमा वडास्तरीय भेलामा भनिन्,’हाम्रा साथीहरूलाई जिताउनुस् । मलेसिया जान चाहने कोही भए मलाई कसैले कोटा दिन्छु भनेको छ, फ्रि भिसा र टिकटको व्यवस्था हुन्छ । ५-६ जनालाई पठाउँछौं, सबैलाई हामी लग्न सक्दैनौं ।’ निर्वाचन आचारसंहिता विपरीत प्रधानमन्त्री पत्नी राणाले दिएको […]

फ्रि भिसा फ्रि टिकट : कामदारका लागि कागलाई बेल पाक्याे हर्ष न विस्मात

काठमाडौं : वैदेशिक रोजगारीमा जाने युवालाई आर्थिक भार परेको भन्दै सरकारले २०७२ सालमा 'फ्रि भिसा फ्रि टिकट' को व्यवस्था लागू गर्‍याे। यस निर्णयले म्यानपावर र व्यक्तिबाट ठगीको हैरानी भोगेका नेपाली कामदारलाई सरकारको योजनाबाट सहज रुपमा वैदेशिक रोजगारीमा जाने आश पलाएको थियो। सरकारको योजना जनतामुखी भएको भन्दै निकै चर्चा पनि पायाे। सरकारले मलेसिया, साउदी, कतार, यूएई, बहराइन, कुवेत, जोर्डन र ओमानमा फ्रि भिसा र फ्रि टिकट लागू गरेको थियो। तर सरकारको योजना सात वर्षसम्म पनि योजनामा

९८ प्रतिशत मेनपावर सरकारले तोकेभन्दा बढी शुल्क लिन्छन्

सरकारले वैदेशिक रोजगारीका लागि मुख्य श्रम गन्तव्य मुलुकका लागि ‘फ्रि भिसा, फ्रि टिकट’ र न्यूनतम सेवा शुल्क तोकेको छ भने मलेसिया, संयुक्त अरब इमिरेट्स, मरिससलगायत मुलुकका लागि कुनै शुल्क तिर्नुपर्दैन । तर अझै पनि ठूलो सङ्ख्याले भर्ना प्रक्रियामा चर्को शुल्क तिर्नुपरेको बताएका छन् । त्यसैले वैदेशिक रोजगारीमा रहेका दुई तिहाइभन्दा बढी श्रमिकले पुनः विदेश जाँदा …

किन कार्यान्वयन हुन सकेन फ्रि भिसा फ्रि टिकट ?

नेपाल सरकारले लागू गरेको फ्री भिसा फ्री टिकटको सही कार्यान्वयन हुन नसक्दा वैदेशिक रोजगारमा जाने युवा ठगिइरहेका छन् । खाडी मुलुकहरूका लागि नेपाल सरकारले लागू गरेको फ्रि भिसा फ्रि टिकट नियम बनाए पनि वैदेशिक रोजगारमा जाने युवाहरूले भने पहिलेको तुलना बढी रकम बुझाउनुपरेको गुनासो गरेका छन् ।

‘फ्रि–भिसा, फ्रि–टिकट’ नीतिमा पुनर्विचार गर्छु : मन्त्री मन्सुर - Naya Patrika

आफ्नै पार्टीका पूर्वराज्यमन्त्री टेकराज गुरुङले ल्याएको ‘फ्रि–भिसा, फ्रि–टिकट’ नीतिलाई श्रम तथा रोजगारमन्त्री फर्मुल्ला मन्सुरले पुनर्विचार गर्ने भएका छन् । बुधबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ‘फ्रि–भिसा, फ्रि–टिकट’ नीति उत्कृष्ट र...पूरा पढ्नुहोस् »