छुटाउनै नहुँने आजका मुख्य ११ खबर

काठमाडौं। सत्तारुढ गठबन्धनले अमेरिकासँग भएको एमसीसी सम्झौता झुक्याएर पास गर्न खोजेको एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्। सरकारले भदौ २३ गते दिउँसो ४ बजे संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएका छन्। सवारी चालक लाइसेन्सको ट्रायल परीक्षा भोलिदेखि शुरु हुने भएको छ।