यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७.२७ अंकको सुधार आएको छ । साताको चार दिन कारोबार भएको नेप्सेमा सामान्य सुधार आउँदै समग्र परिसूचक २८ सय १९ अंकमा पुगेर रोकिएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २८ सय १२ अंकमा रोकिएको थियो । यो साताको पहिलो कारोबार दिन असोज ४ गते परिसूचकमा ११४ अंकको गिरावट आएको थियो ।त्यसपछि असोज ५ गते १३ अंक र ६ गते १०४ अंकको बृद्धि भएको थियो । यस्तै, साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेपछि साताभर ७ अंकको सुधार आउँदै