कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई बदनियतपूर्ण रूपमा पक्राउ गरिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका छन् । सहकारीको बचत रकम उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपचलन गरेको विषयमा कान्तिपुरले प्रमाणसहित निरन्तर समाचार लेखेपछि सिरोहियाको पक्राउ भएको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए ।