नेकपा (एकीकृत समाजवादी) द्वारा एमसिसीविरुद्ध बुटवलमा प्रदर्शन

नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले बुटवलमा एमसिसीविरुद्ध प्रदर्शन गरेको छ । सो पार्टीले आइतबार विरोध प्रदर्शन गरेको हो । सो पार्टीका कार्यकर्ताहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसी सम्झौता राष्ट्रिय हितमा नभएको भन्दै लागू गर्न नमिल्ने बताए । उक्त सम्झौत