प्रहरीमाथि आक्रमण गर्ने लुटेरा समूह पक्राउ

धनुषा : लुटेरालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण गर्ने समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। बटेश्वर गाउँपालिका –४ राम्रो चोकमा लुटपाट भइरहेको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी चौकी बटेश्वरको टोलीलाई लुटेरा समूहले मंगलबार राति आक्रमण गरेको थियो।लुटेरा समूहको आक्रमणमा परी प्रहरी सहायक निरीक्षक मनोज पोखरेल घाइते भएका छन्। पोखरलेको टाउकोमा १२ टाका लागेको र उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार ब