काठमाडौं (अस) । एलआईसी नेपालले बीमा गरेको ११ महिना नपुग्दै मृत्यु भएका व्यक्तिका हकवालालाई मृत्यु दाबीबापत ५३ लाख ३० हजार रुपैयाँ घरमै पुगेर भुक्तानी गरेको छ । करिब १ वर्षअघि ललितपुरको गोदावरी नगरपालिका–१४ का कृष्णहरि श्रेष्ठले एलआईसी नेपाल ललितपुर शाखाबाट ५० लाख रुपैयाँ बीमांकको जीवन बीमा गराएका थिए । बीमा गराएको ११ महिना नपुग्दै उनको ब्रेन ह्यामरेजका कारण मृत्यु भएको थियो । निजको मृत्युपछि श्रीमती सजना श्रेष्ठलाई मृत्यु दाबी भुक्तानीबापत ५३ लाख ३० हजार रुपैयाँको चेक ललितपुर शाखा मार्केटिङ प्रमुख घनश्याम बुढाथोकी र एजेन्सी म्यानेजर टेकबहादुर खड्काले संयुक्त रूपमा घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।