पीडितले निश्चित समयभित्र न्याय पाउने कानुनी व्यवस्था हुनुपर्छ : मन्त्री बडू

कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले न्याय माग्न अदालत पुगेका पीडितले निश्चित समय अवधिभित्र न्याय पाइसक्ने कानूनी व्यवस्था हुनुपर्ने  बताएका छन् । आइतवार न्याय प्रशासनसँग सम्बन्धित प्रचलित कानूनमा गर्नुपर्ने आवश्यक सुधारको मस्यौदा पेश गर्न गठित अध्ययन समितिको प्रतिवेदन बुझ्दै मन्त्री बडूले सो कुरा बताएका हुन् । मन्त्री बडूले पीडितले निश्चित समयभित्र न्याय पाउने अवस्थाका लागि आवश्यक कानूनी व्यवस्था हुनुपर्ने बताए  । मुद्दा दर्ता भएसँगै त्यसले बाँकी प्रक्रिया