पोखरा लेखनाथ महानगरपालिकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो । मापदण्ड विपरीत निर्माण गरिएको भौतिक संरचना सात दिनभित्र हटाउन सूचना जारी गर्ने र नहटाएमा कारबाही गरिने…