लुम्बिनी प्रदेश सरकार अल्पमतमा, अब के गर्लान् मुख्यमन्त्री शंकर पोखरेलले ?

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई विपक्षी गठबन्धनले विश्वासको मत लिन दबाब दिँदै आइरहेकै समयमा अर्को झट्का लागेको छ । राज्यमन्त्री सुमन शर्मा रायमाझीको राजीनामासँगै पोखरेल नेतृत्वको सरकार थप संकटमा परेको हो । ८३ सदस्यीय प्रदेशसभाको अंकगणितका आधारमा बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्नेमा उनको राजीनामासँगै मुख्यमन्त्री पोखरेलको पक्षमा अब ४१ सांसदमात्र देखिएका छन् ।यसअघि अविश्वास प्रस्ताव दर्ता भइसकेको अवस्थामा जसपाका चार सदस्यलाई सरकारमा सामेल गराएर आफ्नो नेतृत्वमै स