बगान : सरोज–करिष्मा केमेस्ट्री पुनरागमनको परीक्षा !

पोखरा । लामो समय अमेरिकामा बिताएका अभिनेता सरोज खनाल नेपाल फर्किएसँगै फेरि फिल्ममै सक्रिय हुन थाले । उनी नेपाल आएर ‘नाइँ नभन्नू ल…’ सँगै नेपाली सिनेजगतमा ‘कमब्याक’ गरेका थिए । एक समय नेपाली सिनेजगतमा राम्रैसँग राज गरेका उनी अमेरिका पलायन भएसँगै सुस्ताएका थिए । लामो समयपछि नेपाली सिनेजगतमै फर्किएका उनी अहिले फेरि निर्देशकका रुपमा डेब्यु […]

सम्बन्धित सामग्री

जर्मनीमा सुन्दरपानीको चिया

झापाको भद्रपुरका उदय चापागाईंले प्रवीणता प्रमाणपत्र तहको परीक्षा दिन २०२८ सालमा इलाम जाँदा क्याम्पसको वरिपरि डाँडाकाँडामा चिया बगान देखेपछि चियामै रमाउने सपना बुन्नुभयो । पहिलो पटक इलाम पुग्दा थुम्का थुम्कामा हरियो चिया देख्दा चापागाईंलाई लागेको थियो, हरियो इलामको चिया विश्वलाई चखाउन पाए हुने थियो । उहाँको त्यो सपना अहिले ५३ वर्षको अवधिमा पूरा भएको छ । भोजपुरबाट १० वर्षको उमेरमा चापागाईं परिवारसहित भद्रपुर आउनुभएको थियो । सामान्य खेतीपाती गर्ने परिवारमा हुर्किएका उहाँले स्नातकोत्तर पढदै गर्दा चिया खेती र व्यवसायमा होमिनुभयो । पढाइ सकेर उहाँ जर्मनी घुम्न जानुभयो । आफू नेपालमा चिया खाइराखेको भएकाले उहाँले जर्मनी पुगेर चिया खान जोज्दा त्यहाँको सहरमा भारतको