बागलुङ–१ मा केसी र पाठकबीच मुख्य प्रतिस्पर्धा

बागलुङ :  मंसिर चार नजिकिएसँगै उम्मेदवार तथा राजनीतिक दलका नेताहरू भोट माग्न बस्ती बस्ती पुगेका छन्। उम्मेदवारहरू जित आफ्नो पोल्टामा पार्न मतदाता रिझाउन खेतबारीदेखि चुलोसम्म पुगेका छन्। यसपटकको निर्वाचनमा बागलुङ–१ मा निकै टक्कर हुने देखिएको छ। अघिल्लो निर्वाचनमा सहयात्री बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका केन्द्रीय सदस्य डाक्टर सूर्य पाठक अहिले मुख्य प्रतिस्पर्धी बनेका छन्।अघिल्लो पटक बागलुङ–१ मा बाम गठबन्धनबाट उम्मेदवार बन्नु भएका पाठकले नेपाली