काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आउँदाे चुनावका लागि आफ्नै पार्टीका ‘प्रभावशाली’ नेताहरूले टिकट नपाउनुको कारण गठबन्धन रहेको बताउनुभएको छ ।
आज सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले सत्तारूढ गठबन्धनका नेताहरूलाई मिलाएर देशलाई विकासको दिशामा अग्रसर बनाउनुपर्ने भएकाले पनि पार्टीभित्रका केही ‘प्रभावशाली’ नेताहरूलाई आउँदाे चुनावका लागि टिकट दिन नसकिएको बताउनुभएको हो । उहाँले गठबन्धनलाई मिलाउनुपर्ने कारणले पनि ...