उत्तर – दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत मालढुङ्गा – बेनी सडक खण्डलाई स्तरोन्नति गरेर दुई लेनको बनाउन सुरु गरिएको छ । सडक निर्माण भएको दुई दशक बितिसक्दा पनि सडक स्तरोन्नति नहुँदा १३ किलोमिटरको यात्रा असहज थियो । साघुरो र जिर्ण सडकका कारण यात्रुहरुले असहज भोग्दै आएका थिए ।