नयाँ पार्टी घोषणा गर्दै कमल थापाले भने, ‘चाहेको भए सक्थेँ, तर मैले राप्रपा फुटाइँन’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएको कारण सो पार्टीलाई नफुटाएको दाबी गरेका छन् । आफ्नो नयाँ पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै थापाले आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आए पनि त्यसो नगरेको बताएका हुन् ।कार्यक्रममा उनले भने, ‘मलाई आज २०७६ साल फागुन २९ गतेको सम्झना भइराखेको छ । यही मञ्चबाट गीता हातमा लिएर राप्रपालाई कदापि फुट्न दिन छैन भन्ने कसम खाएको थिएँ । गीता सनातन धर्मावलम्बीहरूको एउटा महान् ग्रन्थ हो । त्यसलाई छोएर मैले राप