यहाँका प्रसिद्ध शिवालयमा एक महिने साउने मेला सुरु भएको छ । साउनको पहिलो सोमबार आज बिहानैदेखि यहाँका प्रसिद्ध शिवालयमा दर्शनार्थीको घुइँचो लागको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा आइतबारदेखि नै एक महिने साउने मेला सुरु भएको डोलेश्वर महादेव मन्दिर संरक्षण एवं विकास समितिका पूर्वउपाध्यक्ष तथा पूर्व वडाध्यक्ष किरण थापाले बताए ।आज सोमबार भने मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको जानकारी दिँदै उनले भक्तपुरको जगातिबाट डोलेश्वर महदेव मन्दिर जाने दुई सडकल