राति ठूलो पानी परेपछि काठमाण्डौको वाग्मती नदीमा बाढी

काठमाण्डौ - काठमाण्डौ उपत्यकाका वाग्मती, विष्णुमती लगायतका नदी, खोलाहरुमा बाढी आएको छ । वाग्मती छेउछाउमा सडकसम्म नै बाढी पसेको छ । हिजो बेलुकी परेको ठूलो पानीका कारण बाढी आएको हो । काठमाण्डौ उपत्यकाका पुण्यमति, हनुमन्ते, मनोहरा लगायतका खोलाहरुमा पनि बाढी आएकाले आज बिहानसम्मै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।   यस्तै, दैलेखको ग्वाँटी र आसपासका क्षेत्रमा पनि ठूलो वर्षा भएको छ । त्यस क्षेत्रमा बहने साना नदी तथा खोलामा बाढी र भिरालो क्षेत्रमा पहिरोको खतरा रहेकाले सतर्कता अपनाउन बाढी प...