तालिबानका उपनेता तथा उक्त संगठनको सैन्य आयोगका प्रमुख मौलवी मोहम्मद याकुबले लडाकू तथा कमान्डरहरूलाई जनताको घरमा नपस्न वा उनीहरूको सम्पत्ति नहडप्न आदेश दिएका छन् ।
यस आदेशलाई अवज्ञा गरेमा विद्रोह गरेको मानिने र दण्ड दिइने उनले बताए ।
‘सम्मानित मुजाहिद्दीनहरू, काबुलमा कसैको पनि घरमा प्रवेश गर्ने अनुमति नदिइएको हाम्रो सन्देश छ । तपाईंहरूले मानिसको कार वा गाडी कब्जामा लिने पनि अनुमति छैन,’ उनले ध्वनि सन्देश दिँदै भने ।
त्यस सन्देशलाई तालिबान च्यानलहरूले व्यापक रूपमा प्रसारण गरेका छन् ।...