डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–१, हुरीकोटकी ३० वर्षीया जनमदेवी बुढा सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको छ। उच्च रक्त चापबाट समस्या भोगिरहेकी बुढालाई सुत्केरी हुन नसकेपछि आज उद्धार गरी सुर्खेत लगिएको डोल्पाका ...
सात वर्षमा दुर्गम क्षेत्रबाट ६७८ गर्भवती तथा सुत्केरीलाई उद्धार गरिएको छ । यसरी उद्धार गर्दा १५ करोड ९७ लाख ५७ हजार ४६१ रुपियाँ खर्च भएको छ । सो रकम हेलिकोप्टर प्रयोग गर्दा खर्च भएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट आर्थिक वर्ष २०७५/७६ देखि यही वैशाख ६ गतेसम्म सो रकम खर्च भएको हो । मन्त्रालयको राष्ट्रपति महिला उत्थान समन्वय एकाइका प्रमुख निता शर्माले दुर्गम क्षेत्रबाट गर्भवती तथा सुत्केरी उद्धार कार्यक्रम १९ जिल्लामा पूर्ण रूपमा र २९ जिल्लामा आंशिक रूपमा लागु भएको जानकारी दिनुभयो ।
रुकुम (पूर्व): रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेबाट रुकुम पूर्वका एक गर्भवतीको उद्धार गरिएको छ। आइतबार रुकुम पूर्व सिस्ने गाउँपालिका–५ की एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरिएको हो।सिस्ने–५ रुमालबारकी २० वर्षीया बिमला विकलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र बुढाक्षेत्रीले जानकारी दिए। विकलाई सुत्केरीको व्यथा लागेपछि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा भर्ना गरिएको थियो। आइतबार बिहान सल्ले