सशस्त्र प्रहरी जवानका लागि परीक्षा दिंदै गरेका २ जना नक्कली परीक्षार्थी  पक्राउ

पुस १८, काठमाडौं । सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिंदै गरेका दुई जना नक्कली परीक्षार्थी शनिवार पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका - ६ बस्ने १८ वर्षिय निल कुमार अदै र  धनकुटा जिल्लाको सहिदभूमी गाउँपालिका - ५ बस्ने २७ वर्षिय सौहार्द राई छन् ।  सशस्त्र प्रहरी बल, नेपाल नम्वर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्वर ३१ हजार ७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्वर१ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्वर  १४ हजार ४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी परीक्षा दिन खोज्ने  सौहार्द राई पक्राउ परेका हुन् ।    हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपूर्ती गरिने साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदकोे लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरी  परीक्षार्थीहरुको एकिन गर्ने क्रममा नक्कली परीक्षार्थी प्रमाणित भएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि प्रहरीलाई बुझाइएको  सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीको लिखित परीक्षामा २ जना नक्कली परीक्षार्थी पक्राउ

सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका २ जना नक्कली परीक्षार्थी पौष १७ गते पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ वर्षीय निल कुमार अदै र  धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका ५ बस्ने २७ वर्षीय सौहार्द राई छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्र

सशस्त्रको जागिरमा जाँच दिने १४ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं : सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ।उनीहरूलाई सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रबाट प्राप्त भएपछि प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जनालाई पक्राउ गरेको जनाएको छ।