यसमा समयअगावै जन्मिने शिशुको सङ्ख्या, मृत शिशु जन्मिने घटना, कम तौल भएका शिशुको जन्म, गर्भावस्थामा उच्च रक्तचाप, बालबालिकाको मृत्यु र स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको सङ्ख्या समावेश छन्। गर्मीले बालबालिकाको दैनिक जीवनमा पार्ने असर बुझ्न विद्यालयमा विद्यार्थीको उपस्थितिसमेत निगरानी गर्न सुझाव दिइएको छ।
‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’ भन्ने प्रश्न गर्दै वाग्लेले बहुपक्षीय सहकार्य क्षेत्रीय तहमा सीमित हुँदै जाने प्रवृत्तिले बहुध्रुवीय विश्व व्यवस्थालाई कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयमा जयशंकरको धारणा मागेका थिए।
काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन गरिने एक महिने मेलाको तयारी भएको छ । एक महिने मेला यही कात्तिक ९ गतेदेखि सुरु हुनेछ । मेलाको तयारीका लागि कीर्तिपुर नगरपालिका–६ स्थित मन्दिरमा सरसफाइलगायत कार्य सुरु भएको छ । मेला व्यवस्थापन समितिको आयोजना र स्थानीय सङ्घ-संस्थाको समन्वयमा मन्दिर तथा […]
स्थानीय अधिकारीहरूका अनुसार भूकम्पले ३३९ घरपरिवारका घरमा क्षति पुर्याएको छ। स्थानीय समय अनुसार बिहीबार राति १० बजेर ३३ मिनेटमा नाग्कु सहरको बाकेन काउन्टीमा भूकम्प गएको थियो।