आइएमई र युनाइटेड नेशन क्यापिटल डेभलपमेन्ट फण्ड(यूएनसिडिएफ)बीच अनुसन्धान समझदारी भएको छ ।समझदारी अनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिटेन्सको आप्रवाह बढाउन दुवै संस्थाबीच सहकार्य हुनेछ । यो सम्झौता विशेषत: महिला रेमिटेन्स प्राप्तकर्ताका समस्या र ती समस्याको न्यूनीकरणमा बढ्ता केन्द्रीत हुनेछ ।डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्न र ग्रामिण क्षेत्रमा रहँदै आएको बैंकिङ पहुँचको कमजोर अवस्थामा […]