डोजर आतंक प्रकरण: जिउँदै पुरिएकी सरस्वतीको परिवारलाई २५ लाख क्षतिपूर्ति र छोरालाई जागिर

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ सल्यानटारकी सरस्वती कुमालको परिवारले २५ लाख रुपैयाँ क्षतिपूर्ति र गाउँपालिकामा रोजगारी पाउने भएका छन् ।  त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाका अनुसार कानूनबमोजिम पाउने ५ लाख, सडक आयोजनका तर्फबाट १० लाख र डोजर साहुबाट १० लाख गरी २५ लाख र गाउँपालिकाले सरस्वतीका छोरालाई रोजगारी दिने भएको हो ।  ‘परिवारसँग भएको छलफलमा गाउँपालिकामा रोजगारी र आयोजना तथा डोजर साहुका तर्फबाट पनि १०/१० लाख रुपैयाँ दिने सहमति भएको थियो उहाँहरू मान्नुभएको...

सम्बन्धित सामग्री