पूर्वी नवलपरासीमा २ हजार ५ सयभन्दा बढी किसान व्यावसायिक तरकारी खेतीमा आबद्ध भएका छन् । अन्य बालीभन्दा तरकारी खेतीमा मुनाफा र एक वर्षमा नै सिजन अनुसारको फरक–फरक तरकारी उत्पादन गर्न सकिने भएपछि यहाँका किसान तरकारी खेतीको व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका हुन् ।