अमेरिकामा हार्वर्डका प्रोफेसर पक्राउ, भिसा रद्द गरी स्वदेश फर्काइँदै

अमेरिकी आप्रवासन अधिकारीहरूले एकजना भिजिटिङ प्रोफेसरलाई पक्राउ गरेका छन्। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस ) का अनुसार हार्वर्ड कलेज अफ ल स्कूलका भिजिटिङ प्रोफेसरलाई अमेरिकी आप्रवासन अधिकारीहरूले पक्राउ गरेका हुन्। ब्राजिलका नागरिक कार्लोस पोरचुगाल गोभेआलाई अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले पक्राउ गरेको हो। गोभेआलाई योम किप्पुर को अघिल्लो दिन म्यासाचुसेट्सस्थित एउटा यहूदी मन्दिरबाहिर […]